Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कृष्ण जन्माष्टमीमा ‘अक्षरा’ टिमले गर्‍यो बौद्धमा श्रीकृष्णको रथयात्रा

कृष्ण जन्माष्टमीमा ‘अक्षरा’ टिमले गर्‍यो बौद्धमा श्रीकृष्णको रथयात्रा

काठमाडौँ : कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘अक्षरा’ टिमले बौद्धमा भगवान श्रीकृष्णको रथयात्रा आयोजना गरेको छ। 

बिहान १० बजे आयोजना गरिएको रथयात्रामा अभिनेता सुशील सिटौला, पुष्कर राउत, फिल्मका निर्देशक विनयराज पौडेल लगायतले रथ काँधमा बोकेर बौद्ध आसपासका क्षेत्र परिक्रमा गराएका छन् । भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ टिमले फिल्मको प्रचारप्रसार पनि हुने र धार्मिक आस्था पनि पूरा हुने उद्देश्यले रथयात्रा गरेको हो। रथयात्राले मनमा बेग्लै ऊर्जा मिलेको निर्देशक पौडेलले बताएका छन्।

भोटेकोशीमा आएको बाढीपछि स्तब्ध बनेको निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसार पुनः अगाडि बढाएको छ। फिल्ममा न्यान्सीका अलावा सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता सोनी थापा हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना फिल्मका निर्माता हुन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट