Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या

सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या

काठमाडौँ : सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राइको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले बताए । उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् ।

हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिए । सदरमुकामबाट १० घण्टा टाढाको दुरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ । डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदैछन् । हत्यामा संलग्नबारे अनुसन्धान सुरु गरिएको डीएसपी मैनालीले बताए ।

स्कुल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् । घटना बिहीबार साँझको भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट