काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको मौलिक पहिचान, संस्कृति र सभ्यताको जीवन्त प्रतीक गौरा पर्व तथा कृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमार्फत प्रचण्डले गौरा पर्वलाई सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीकका रूपमा उल्लेख गर्नुभएको छ। उहाँले यस अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्दै सुदूरपश्चिमको समृद्धि, विकास र स्वाभिमानको यात्रामा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ।
उहाँले गौरा पर्व तथा कृष्ण जन्माष्टमीले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij