Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौंः देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

जल तथा मौसम विज्ञान विभागका अनुुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा तथा  पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ। 

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। 

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ। 

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट