काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताएका छन्।श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीका बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको बताएका हुन्।
प्रधानमन्त्री शाहले भनेका छन्, “विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।”
उनले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij