Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

त्रिशूली–३ ए सुरुङभित्र मानिसको आवाज सुनिएको जानकारी, उद्धार टोली प्रवेश

त्रिशूली–३ ए सुरुङभित्र मानिसको आवाज सुनिएको जानकारी, उद्धार टोली प्रवेश

नुवाकोट : त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएको छ। उद्धारमा खटिएका नेपाली सेनाबाट प्राप्त सूचनाअनुसार सुरुङभित्र मानिसको आवाज सुनिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिएको रास्वपाका सांसद श्रीराम न्यौपानेले जानकारी दिनए।

उनका अनुसार सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेतका रूपमा लिइएको छ। उद्धार टोलीले सुरुङभित्र फसेका व्यक्तिको अवस्थाबारे यकिन गर्दै सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको छ।

यसअघि हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर खोजी तथा उद्धार कार्यमा संलग्न रहेका सांसदले अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारी रहेको बताएका छन्।

उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र रहेका व्यक्तिहरूको सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट