काठमाडौँ : काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलामा मध्यराति भीषण आगलागी भएको छ। पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै सञ्चालनमा रहेको एक कटेजमा गएराति करिब साढे १२ बजे अचानक आगो लागेको हो।
प्रहरी वृत्त काँडाघारीका अनुसार कटेजमा विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका छन्।
आगलागी हुँदा कटेजका सञ्चालक भने प्रहरीको सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ। घटनाबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij