Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बाढीपीडितका लागि सुनचाँदी व्यवसायी संघ चितवनले छुट्यायो ५ लाख ४४ हजार

बाढीपीडितका लागि सुनचाँदी व्यवसायी संघ चितवनले छुट्यायो ५ लाख ४४ हजार

चितवन : नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले बाढीपीडितका लागि ५ लाख ४४ हजार ३ सय ६७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संघको २८औँ कार्यसमिति बैठकले विभिन्न माध्यमबाट संकलन भएको रकम बाढीपीडितलाई सहयोगस्वरूप हस्तान्तरण गर्ने निर्णय गरेको हो। बैठक संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा बुधबार सम्पन्न भएको थियो।

संघका अनुसार एकद्वार राहत संकलन अभियानमार्फत प्राप्त रकम निर्णयअनुसार सम्बन्धित क्षेत्रमा हस्तान्तरण गरिनेछ। बैठकमा अध्यक्ष विश्वकर्माले राहत संकलन अभियानमा सहयोग गर्ने संघसंस्था तथा व्यवसायीहरूप्रति धन्यवाद व्यक्त गरे।

बैठकमा वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., उपाध्यक्षद्वय मोहन पन्थी र शोभा बराली, महासचिव गोपालबहादुर थापा वि.क., कोषाध्यक्ष रमेशचन्द्र सदाशंकरलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट