Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रसुवाको बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो, नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता

रसुवाको बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो, नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता

चितवन  : रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा तीव्र वृद्धि भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७:०० बजेको मापनमा धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह ३ मिटरले बढेको छ।

भोटेकोशी क्षेत्रबाट आएको यो बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ। साथै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा समेत भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह थप बढ्ने अनुमान गरिएको छ।

महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ, "रसुवाबाट आएको बाढी र गण्डकी प्रदेशको भारी वर्षाका कारण नारायणी नदीको जलसतह बढ्दो क्रममा छ। तसर्थ, चितवन, नवलपरासी लगायत नारायणी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई आज दिनभर उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।"

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट