Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा उच्च सतर्कता, नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

चितवनमा उच्च सतर्कता, नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

चितवन : त्रिशूली नदीमा आएको बाढी चितवनसम्म आइपुगेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रशासनले नदी आसपासका बासिन्दा तथा व्यवसायीलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नारायणगढ–मुग्लिन सडकखण्डसमेत बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले फिस्लिङदेखि गोलाघाटसम्मका नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको बहाव बढेकाले अनावश्यक रूपमा नदी किनारमा नजान र सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ।

यद्यपि, चितवनमा बाढीबाट उत्पन्न हुन सक्ने ठूलो जोखिम भने टरिसकेको अधिकारीहरूले बताएका छन्। प्रशासन तथा सुरक्षा निकायले नदीको अवस्था निरन्तर निगरानी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट