Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन राप्रपाको ‘ह्विप’

बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन राप्रपाको ‘ह्विप’

काठमाडाैँ :  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भदौ ८ गतेका लागि निर्धारित बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित रहन आफ्ना प्रदेशसभाका सांसदहरुलाई ‘ह्विप’ जारी गरेको छ।

बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङद्वारा जारी ह्विप आज दिउँसो नै प्रदेशसभाका सबै सदस्यहरुलाई पठाइएको छ।राप्रपामा अहिले प्रदेश र केन्द्रबिच विवाद छ। 

विशेषत: केन्द्रकाे निर्णय विपरीत बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारमा सहभागी हुने निर्णय गरेका थिए। लगत्तै थापा नेतृत्वकाे सरकारमा राप्रपाका तीन सांसद सहभागी भए।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएका हुन्। 


उनीहरूलाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण समेत साेधेकाे छ। एमाले नेतृत्वको सरकार निर्माणमा केन्द्रको सहमतिबिनै राप्रपाका सांसदहरूले साथ दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट