Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हेलिकप्टर छाडेर गाडीमै मुस्ताङ निस्किए प्रधानमन्त्री बालेन

हेलिकप्टर छाडेर गाडीमै मुस्ताङ निस्किए प्रधानमन्त्री बालेन

पोखरा : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार बिहान पोखराबाट सडकमार्ग हुँदै मुस्ताङ गएका छन् । शुक्रबार साँझ पोखरा पुगेका प्रधानमन्त्री शाह राति अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका थिए । प्रधानमन्त्री शाह शनिबार बिहान आफू शुक्रबार काठमाडौंँबाट पोखरा आउँदा प्रयोग गरेको सरकारी गाडीमै आफ्नो टोलीसहित मुस्ताङतर्फ लागेका हुन् ।

उनको भ्रमण टोलीमा पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ पनि सहभागी छन्। प्रधानमन्त्री शाह पोखरा पुगेपछि शुक्रबार साँझ पर्यटनमन्त्री पौडेल पनि उनलाई साथ दिन रिसोर्ट पुगेका थिए। यसअघि प्रधानमन्त्री शाह पोखराबाट सेनाको हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारी रहेको बताइएको थियो। तर अन्तिम समयमा हेलिकप्टरको विकल्प छाडेर उनी सडकमार्गबाटै मुस्ताङतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी भ्रमणका रूपमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट