Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात, वार्षिक ५० हजार किलो पठाउने सम्झौता

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात, वार्षिक ५० हजार किलो पठाउने सम्झौता

काठमाडौँ  सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० को घिउ संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा निर्यात हुन थालेको छ ।

डीडीसीले पहिलो चरणमा झन्डै साढे ५ लाख रुपैयाँ बराबरको घिउ दुबई पठाएको हो । डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र–सूर्य इन्टरनेशनलसँग भएको सम्झौताअनुसार पहिलो चरणमा घिउ दुबई निर्यात भएको छ ।

दुबईमा मातृभूमि प्राइभेट लिमिटेडले घिउको बजार व्यवस्थापन गर्नेछ । वर्षमा न्यूनतम ५० हजार किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान तथा र रातो र चन्द्र–सूर्य कम्पनीबीच सम्झौता भएको थियो ।

अरू केही देशमा डीडीसीको घिउ यसअघि निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको गौतमले बताउनुभयो ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्द्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट