Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ग्यास आपूर्ति सहज हुँदै गएको सरकारको दाबी

ग्यास आपूर्ति सहज हुँदै गएको सरकारको दाबी

काठमाडौँ : सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ। 

बुधवार सिंहदरबारमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।

प्रवक्ता पोखरेलकाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको छ।

कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उनले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताए।

मन्त्री पोखरेलले भने, ‘बजारमा ग्यासको आपूर्ति सहज हुँदै गइरहेको छ। केही समयभित्रै यो समस्या पूर्ण रूपमा समाधान भई आपूर्ति व्यवस्था सुचारु हुनेछ।’

सरकारले आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक पहल गरिरहेको समेत उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट