Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विशेष महाधिवेशनको नाममा कांग्रेस कमजोर बनाइँदैछ : शेरबहादुर देउवा

विशेष महाधिवेशनको नाममा कांग्रेस कमजोर बनाइँदैछ : शेरबहादुर देउवा

काठमाडौँ :  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको नामामा पार्टीलाई कमजोर बनाइएको आरोप लगाएका छन्।

उनले आज उनीपक्षीय कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।नेपालको राजनीति अवस्था संवेदनशील रहेकाले सबै सजक भएर भूमिका खेल्नुपर्ने उनले बताएका छन्।

पार्टीले संयम भएर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो हिँड्न सकिने पनि उनले बताए।उनले विगतमा केही भएको छैन भन्ने भाष्य खडा गरिएकोमा आपत्ति जनाए। अहिले उनले भेलालाई सम्बोधन गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट