Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ग्यास आयात घटेको छैन, भरी सिलिन्डर वितरणले सामान्य असन्तुलन बिग्रियो : उद्योगमन्त्री

ग्यास आयात घटेको छैन, भरी सिलिन्डर वितरणले सामान्य असन्तुलन बिग्रियो : उद्योगमन्त्री

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले एलपी ग्यासको आयात नघटेको स्पष्ट पारेकी छिन्। प्रतिनिधि सभाको शुक्रबारकाे बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले ग्यासको नियमित माग धान्न पुग्ने गरी आपूर्ति भइरहेको बताइन्।

साउन महिनादेखि भरी सिलिन्डर वितरण गर्न थालिएकाले उपभोक्ताहरूले एकैपटक ग्यासको माग गर्दा बजारमा केही असन्तुलन मात्र देखिएको उनको भनाइ छ। ग्यासको अभाव नभई वितरण प्रक्रियामा आएको परिवर्तनका कारण सिर्जित तात्कालिक समस्या मात्र भएको मन्त्री यादवले प्रस्ट पारिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij