काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न गृहमन्त्री सुधन गुरुङ सिंहदरबार गएका छन् । मंगलबार मध्याह्न गृहमन्त्री गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।
गृहमन्त्री गुरुङ तराई मधेसमा तनाव उत्पन्न भएपछि त्यहाँ गएर साउन १७ मा काठमाडौँ फर्केका थिए। सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समुदायबिचमा शुरु भएको तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलिएको थियो ।
त्यहाँ पुगेर मन्त्री गुरुङले पीडित परिवारसँग सहमति र सरोकारवाला संघसंस्थाहरुसँग छलफल गर्दै समस्या समाधानमा पहल गरेका थिए । उनले घटनाबारे ब्रिफिङ गर्ने र पीडित परिवारसँग गरेको सहमति कार्यान्वयनको विषमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
सुनसरी र सिरहामा भएको झडपमा परेर अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका घर भएका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता, २२ वर्षीय रविन्द्र मेहता र सिरहाको औरही गाउँपालिका–२ घर भएका १८ वर्षीय गणेश यादव छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij