चितवन : मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सि नयाँ पुलमाथिबाट ढुंगा खसेपछि उक्त सडकखण्ड एकतर्फी अवरुद्ध भएको छ।
हाल सवारीसाधनलाई पुरानो पुलबाट एकतर्फी रूपमा सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडकमा खसेको ढुंगा हटाउन सडक डिभिजन कार्यालयको उपकरण परिचालन गरिसकिएको छ। थप ढुंगा नखसेको अवस्थामा करिब १ देखि २ घण्टाभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारी चालकलाई पुरानो पुलबाट मात्रै एकतर्फी र सुरक्षित रूपमा यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij