Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

धवलशमशेर र दुर्गा प्रसाईं साउनभित्र नयाँ पार्टी दर्ता गर्ने तयारीमा

धवलशमशेर र दुर्गा प्रसाईं साउनभित्र नयाँ पार्टी दर्ता गर्ने तयारीमा

काठमाडौं : राप्रपा परित्याग गरेका धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईंले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्। विभिन्न चरणको छलफलपछि पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको उनीहरू निकट स्रोतले जनाएको छ।

अभियानमा संलग्न सगुन लावतीका अनुसार साउन २६ गते पार्टी दर्ता गर्ने तयारी छ। त्यसअघि पार्टीको नाम, झण्डा र अन्य विषय टुंग्याउन गठित कार्यदलले अन्तिम निर्णय गर्नेछ।

नयाँ पार्टीको स्वरूप परम्परागतभन्दा फरक ‘कन्जरभेटिभ’ मोडलको हुने, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई अघि बढाउने तथा युवा पुस्तालाई आकर्षित गर्ने रणनीति रहेको नेताहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij