Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुलुकको अस्तित्व जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती: माधव नेपाल

मुलुकको अस्तित्व जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती: माधव नेपाल

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गरेका छन् । 

आईतवार आयोजित तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गरेका हुन्। मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुकसामु रहेको सहसंयोजक नेपालको भनाइ छ । 

नेपालले भने- 'विदेशीको क्रिडाभूमि बन्नबाट देशलाई जोगाउने चुनौती हाम्रो सामुमा छ । हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन, कसैको अधीनमा पनि रहन चाहँदैन । कसैको विरोधमा पनि जान चाहँदैन सबैसँग मैत्रीभाव राख्दछ ।'

उनले नेपाल कुनै पनि देशको अधीनमा बस्न वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहने स्पष्ट गर्दै सबै मुलुकसँग समानता, सम्मान र मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्ने धारणा राखे।

नेपालले पछिल्लो समय बाह्य प्रभावका माध्यमबाट मुलुकमा विभाजन र असमझदारी बढाउने प्रयास भइरहेको दाबी गर्दै त्यसप्रति राजनीतिक दल र नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिए।

उनले शहीदको त्याग, संघर्ष र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र तथा संघीय शासन व्यवस्थाको रक्षा गर्नु सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको उल्लेख गरे।

यसका साथै उनले लोकतन्त्र स्थापनामा तुल्सीलाल अमात्यले पुर्‍याएको योगदान स्मरण गर्दै वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धता र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij