रत्ननगर : लियो क्लब अफ चितवन सौराहाले रत्ननगरस्थित गामवेसी चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई खीर खुवाउँदै साउने विशेष कार्यक्रम सम्पन्न गरेको छ।
स्वर्गीय गोपाल प्रसाद बिडारी तथा स्वर्गीय भगवती बिडारीको स्मृतिमा आयोजित उक्त कार्यक्रमका लागि क्लबका पूर्वअध्यक्ष तथा स्वर्गीय बिडारी दम्पतीका नाति सिमान्त बिडारीले आर्थिक सहयोग गरेका थिए। लियो क्लब अफ चितवन सौराहाका अध्यक्ष उज्ज्वल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष एलिना आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि एमजेएफ लायन योगेन्द्रनाथ अधिकारी, लायन्स डिस्ट्रिक्ट ३२५ आर, नेपालका जिल्ला कार्यकारी प्रमुख रहेका थिए। त्यसैगरी लियो–लायन गौरव उपाध्याय (जिल्ला अध्यक्ष, लियो डिस्ट्रिक्ट ३२५ आर, नेपाल) र लियो–लायन नितिन बस्नेत (उपजिल्ला अध्यक्ष, लियो डिस्ट्रिक्ट ३२५ आर, नेपाल) विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा लियो पूजन अधिकारी (पूर्वअध्यक्ष, लियो क्लब अफ चितवन सौराहा तथा जिल्ला सचिव, लियो डिस्ट्रिक्ट ३२५ आर, नेपाल), लियो–लायन भीम प्रसाद अधिकारी, लियो–लायन आभाष अधिकारी, लियो विवेक घिमिरे (तत्कालीन निवर्तमान अध्यक्ष) लगायत पूर्वअध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको थियो। साथै स्वर्गीय बिडारी परिवारका सदस्यहरू बसु बिडारी, शारदा बिडारी र गोपी बिडारीको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यक्रमको समन्वय लियो सफल बान र लियो मोनिका मगरले गरेका थिए। क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको यस कार्यक्रममार्फत संरक्षण केन्द्रमा आश्रित बालबालिकासँग साउने खीर पर्व मनाउँदै उनीहरूमा आत्मीयता र खुसी बाँड्ने प्रयास गरिएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij