चितवन : मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत नाम्सी पुल नजिकै ढुंगा खस्दा तथा सिमलताल क्षेत्रमा पहिरो जाँदा सडक एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालयका अनुसार अवरोध हटाउन तैनाथ अवस्थामा रहेको हेभी मेसिनरी सम्बन्धित स्थानमा परिचालन गरिसकिएको छ।
हाल सडकमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेको छ भने अवरोध हटाउने काम तीव्र रूपमा जारी रहेको जनाइएको छ।
सडक डिभिजनले सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरेको छ। यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरिएको छ।