काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा एक हजार र चाँदी रु ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३६० कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ३१० मा कारोबार भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij