Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन बन्द फिर्ता, सद्भाव र्‍यालीको तयारीमा प्रशासन

चितवन बन्द फिर्ता, सद्भाव र्‍यालीको तयारीमा प्रशासन

चितवन : चितवन बन्दको चौतर्फी विरोध र आलोचना भएपछि विश्व हिन्दू महासंघले बन्दको निर्णय फिर्ता लिएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत चितवन बन्द घोषणा गरेको महासंघले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि निर्णय परिवर्तन गरेको हो।

महासंघले औपचारिक रूपमा बन्द फिर्ता घोषणा गर्नुअघि नै सडकमा सवारीसाधन निर्वाध रूपमा सञ्चालन भइरहेका थिए। त्यसले पनि महासंघमाथि दबाब परेको देखिएको थियो।

यसैबीच, जिल्लामा सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार दिउँसो ४:३० बजे बृहत् सद्भाव र्‍याली आयोजना गर्ने तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मधेश क्षेत्रमा भइरहेको आन्दोलनको प्रभाव चितवनमा फैलिन नदिन सद्भाव र्‍याली आवश्यक रहेको बताए।

उनले राजनीतिक दल, नागरिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफलका लागि बैठक बोलाएका छन्। बैठकपछि र्‍याली निकालिने उनले जानकारी दिए।

“चितवनजस्तो शान्त र शिक्षित जिल्लाले सकारात्मक सन्देश दिनुपर्छ। द्वन्द्व होइन, सद्भाव र भाइचारा देखाउनुपर्छ,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने। र्‍याली भरतपुरको चौबीसकोठी चोकबाट नारायणगढको पुलचोकसम्म निकालिने भएको छ। उनले सबै नागरिकलाई सहभागी हुन आग्रह गर्दै भने, “यो र्‍याली सबैको हो, हामी सबै आयोजक हौँ। चितवनबाट सद्भावको सन्देश प्रवाह होस् भन्ने उद्देश्य हो।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij