Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभाग दुई सिफ्टमा सञ्चालन

ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभाग दुई सिफ्टमा सञ्चालन

काठमाडौँ : त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको अत्यधिक भीड लागेको छ। गत हप्तादेखि विशेषगरी दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने नेपाली सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको छ।

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै राहदानी विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सेवा प्रवाह गर्ने निर्णय गरेको छ। जसअन्तर्गत पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ। यस अवधिभित्र परेका सार्वजनिक बिदाका दिन तथा शनिबार र आइतबार समेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा दिइनेछ।

राहदानी लिनका लागि लामबद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने र बिदाका दिनमा पनि कार्यालय खुला राखेर सेवा दिने जानकारी दिएको छ। घर-घरमा राहदानी पुर्‍याउने नारासहित अघि बढेको सरकारले विभागमा पुगेर लाइनमा बसेका नागरिकलाई समयमै राहदानी समेत दिन नसकेको भन्दै सेवाग्राहीहरूले विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट