Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

'मधेशको स्थिति सामान्य पार्न सम्पूर्ण सुरक्षा शक्ति खटाइएको छ, घटनाको निष्पक्ष छानबिन हुन्छ' : प्रधानमन्त्री

'मधेशको स्थिति सामान्य पार्न सम्पूर्ण सुरक्षा शक्ति खटाइएको छ, घटनाको निष्पक्ष छानबिन हुन्छ' : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीलगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष र पारदर्शीरुपमा छानबिन हुने बताएका छन्।

बिहीवार राति राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्णरुपमा निष्पक्ष र पारदर्शी हुनेछ, घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।’

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले बताए। 

स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सम्पूर्ण सुरक्षा निकायलाई तत्काल घटनास्थलमा खटाइएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij