Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माडीमा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, विभिन्न परियोजनाको अवलोकन

माडीमा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, विभिन्न परियोजनाको अवलोकन

माडी :पूर्वगृहमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा )का नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) पारिवारिक भेटघाटका सिलसिलामा माडी आइपुग्नुभएको छ।

माडी बसाइका क्रममा नेता श्रेष्ठले स्याउलीबासस्थित हिमचुली नेचुरल फर्म स्टे, आफ्नै विशेष पहलमा स्थापना गरिएको दिवाकर प्राविधिक शिक्षालय (हरिनगर) तथा नमुना कृषि अभ्यास भइरहेको एग्रो नाइन परियोजनाको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा उहाँले कृषि, प्राविधिक शिक्षा तथा ग्रामीण पर्यटनको प्रवर्द्धनमा यस्ता पहलहरूले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको बताइएको छ।

युवा नेता सन्तोष पनेरुका अनुसार नेता श्रेष्ठ भोलि पनि माडीमै रहनुहुनेछ र पारिवारिक भेटघाटका कार्यक्रममै व्यस्त रहने कार्यक्रम रहेको छ।

758883447_28049264178012015_8946134612845960733_n.jpg
undefined
758037334_28049262434678856_5350527972583276921_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij