Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सेयर बजारमा १६ अंक गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा १६ अंक गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ : साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा रोकिएको छ। योसँग यो साताको पछिल्लो चारवटै दिन बजार घटेको छ । 

बजार घटे पनि कारोबार रकम भने सन्तोषजनक देखिएको छ। दिनभर भएका ४४ हजार ६ सय ५१ कारोबारबाट ३३७ वटा कम्पनीका ७५ लाख ४८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन्। जसबाट कुल ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीहरूमध्ये ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बाँकी ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २४ करोड ३८ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख र रिडी पावर कम्पनीको १० करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आजको बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्, जसको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। अरु कम्पनीको मूल्यमा भने उल्लेख्य प्रगति देखिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट