चितवन : आदर्श नारी विकास केन्द्रको ३५औँ वार्षिक साधारण सभा तथा १५औँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनबाट संस्थाको अध्यक्षमा सजना तिमल्सिना निर्वाचित हुनुभएको छ। यस्तै, उपाध्यक्षमा सरिता सुवेदी पाठक, सचिवमा लक्ष्मी रिमाल पौडेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह–सचिवमा कौशिला खरेल चयन हुनुभएको छ।
कार्यसमिति सदस्यमा पार्वती खड्का, अनिता बस्तोला, निषा परियार र पार्वती कंडेल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै शुभेच्छुकहरूले नयाँ नेतृत्वले महिला सशक्तीकरण, सामाजिक न्याय र मानव सेवाका क्षेत्रमा संस्थाको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij