चितवन : आदर्श नारी विकास केन्द्रको ३५औँ वार्षिक साधारण सभा तथा १५औँ अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट संस्थाको अध्यक्षमा सजना तिमल्सिना निर्वाचित हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा सरिता सुवेदी पाठक, सचिवमा लक्ष्मी रिमाल पौडेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ तथा सह–सचिवमा कौशिला खरेल निर्विरोध चयन हुनुभएको हो।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा पार्वती खड्का, अनिता बस्तोला, निषा परियार र पार्वती कंडेल सर्वसम्मत रूपमा चयन भएका छन्। नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न व्यक्तित्व, शुभेच्छुक र सरोकारवालाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशहरूमा नयाँ नेतृत्वको सक्षम, दूरदर्शी र समर्पित कार्यशैलीबाट संस्थाले महिला सशक्तीकरण, सामाजिक न्याय, मानव सेवा तथा समुदाय विकासका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा महिला अधिकारको संरक्षण, सामाजिक रूपान्तरण र समुदायको समग्र विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij