चितवन : राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ।
राप्ती नगरपालिकासँगको सहकार्यमा सपना भिलेज सोसियल इम्प्याक्ट ले ५०७ वटा धुवाँरहित चुलो वितरण गरेको संस्थाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए। उनका अनुसार नगरपालिकाको सहकार्यमा ४०५ वटा तथा स्थानीय समुदायसँगको सहकार्यमा थप १०२ वटा चुलो वितरण गरिएको हो।
विगत दुई वर्षदेखि संस्थाले स्वच्छ खाना पकाउने अभ्यासलाई प्रोत्साहन गर्ने, दाउराको प्रयोग घटाउने तथा कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले धुवाँरहित चुलो वितरण अभियान सञ्चालन गर्दै आएको छ।
अध्यक्ष गिरीले धुवाँरहित चुलोको प्रयोगले परिवारको स्वास्थ्य संरक्षण, वन संरक्षण, स्वच्छ वातावरण निर्माण तथा दिगो भविष्यमा सकारात्मक योगदान पुग्ने बताए।
संस्थाले यसअघि इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका मा समेत धुवाँरहित चुलो वितरण गरिसकेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij