Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत

प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत

काठमाडौँ : संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। 

बुधवार बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिस भएका तीन जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो।

प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाई मंगलवार भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाई बुधवार सम्पन्न भएको हो। 

समितिका सभापति वोधनारायण श्रेष्ठले सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij