Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सामान्य अंकले घट्यो नेप्से

सामान्य अंकले घट्यो नेप्से


काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ७९ अंकले घटेर दुई हजार ६८८ दशमलव ८८ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अंकले घटेर ४७० मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६५ अंकले घटेर १८४ दशमलव ५७ मा पुगेको छ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ४२ अंकले घटेर १५९ दशमलव २७ मा पुगेको छ। आज विभिन्न कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर रु चार अर्ब दुई करोड ९३ लाख ९० हजार ३५१ मूल्यमा खरिद बिक्री भएको छ।

आज १३ उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ। आज ७८ कम्पनीको शेयर बढ्यो भने  १८६ कम्पनीको शेयर घट्यो। त्यसैगरी ११ कम्पनीको शेयर स्थिर रह्यो।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिर्भस लिमिटेड, नबिल व्यालेन्स फण्डलगायत लगानीकर्ताले कमाएका छन्। त्यस्तै गरी गरिमा समृद्धि योजना, सिभिल बैंक डिबेञ्चर, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडलगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट