Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सामाजिक सद्‌भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

सामाजिक सद्‌भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा देखा परेका पछिल्ला घटनाक्रम र सामाजिक सद्‌भाव बिथोलिने खतराप्रति सबै राजनीतिक दलहरू जिम्मेवार भएर उभिनुपर्ने बताएका छन् । आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले देशमा साम्प्रदायिक विद्वेष फैलाउने र एक समुदायले अर्को समुदायप्रति घृणा फैलाउने गतिविधि हुन नदिन सबै दलहरूबिच साझा समझदारी बनेको जानकारी दिए । 

बैठकको मुख्य निष्कर्षबारे जानकारी दिँदै लामिछानेले भने, ‘कुनै पनि साम्प्रदायिक गतिविधि, जसले एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष र आक्रमण गर्ने स्थिति सिर्जना गर्छ, त्यसले कसैलाई फाइदा गर्दैन । यस्ता घटना हुँदा हामी सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्छ भन्ने महसुस गरेका छौँ ।’ 

एक युवकको मृत्यु भएको घटनालाई लिएर सोधिएको प्रश्नमा लामिछानेले यसलाई ‘अत्यन्त गम्भीर विषय’ भन्दै सुरक्षा निकाय यसमा जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ‘घटना के भएको हो, त्यसको सत्य तथ्य बाहिर आउन समय लाग्छ । अहिले नै विभिन्न अफवाह र षड्यन्त्रका पछाडि लाग्नुभन्दा जिम्मेवार प्रशासनले गर्ने निष्पक्ष छानबिनको पर्खाइमा छौँ ।’ उनले दोषी देखिएका जोसुकैलाई पनि कानुनी कठघरामा ल्याउनुपर्ने र सरकारले यसमा ढिलाइ गर्न नहुने बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij