Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ। बैठक बिहान साढे ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको पार्टी कार्यालयका कार्यवाह मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

नेता श्रेष्ठको ७९ वर्षको उमेरमा हिजो (मंगलबार) ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

कार्यवाहक मुख्य सचिव दुलालका अनुसार वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने र सो पश्चात पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।

congress-notice-1785290921.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij