Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन : जिल्ला प्रशासन कार्यालय, चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरोको जोखिम बढेपछि आज राति ८ : ०० बजेदेखि भोलि बिहान ५  ः ०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खसिरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।

यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ। प्रशासनले यात्रु तथा चालकलाई वैकल्पिक योजना बनाएर मात्र यात्रा गर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

आवश्यक सूचना तथा समन्वयका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४), जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC–१२३४) तथा जिल्ला प्रहरी कार्यालय, चितवनमा सम्पर्क गर्न अनुरोध गरेको छ।

2c7cc9c6-81aa-4939-942b-f53ff1db0e76.jfif
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij