Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुग्लिन नजिक सुख्खा पहिरो, नारायणगढ–मुग्लिन सडक सडक दुईतर्फी अवरुद्ध

मुग्लिन नजिक सुख्खा पहिरो, नारायणगढ–मुग्लिन सडक सडक दुईतर्फी अवरुद्ध

मुग्लिन :  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिकको खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा दुईतर्फी अवरुद्ध भएको छ।

पहिरो पन्छाउन सम्बन्धित स्थानमा डोजर तथा आवश्यक मेसिन परिचालन गरिसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको र करिब १ घण्टा ३० मिनेटभित्र पहिरो हटाई सवारी आवागमन पुनः सञ्चालनमा ल्याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।  

यस अवधिमा उक्त सडकखण्ड प्रयोग गर्ने सवारी चालक तथा यात्रुलाई धैर्य अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij