Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

असारको बिजुली खपतमा भ्याट लाग्दैन : राजस्व विभाग

असारको बिजुली खपतमा भ्याट लाग्दैन : राजस्व विभाग

काठमाडौँ  : आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउनबाट मात्र लिन पाइने स्पष्ट पारेको छ।विद्युत् सेवामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धमा देखिएको अन्योल हटाउन आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गरेको हो।

सूचनामा २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतको बिल २०८३ साउन १ गते वा त्यसपछि प्राप्त भए पनि साउन १ गतेअघिको खपतमा भ्याट नलाग्ने उल्लेख गरिएको छ।

आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गरी विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट