Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देवानगञ्ज घटनापछि गृहमन्त्रीको राजीनामा माग्दै गोकुल बाँस्कोटा

देवानगञ्ज घटनापछि गृहमन्त्रीको राजीनामा माग्दै गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सुनसरीको देवानगञ्ज घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनापछि बाँस्कोटाले गृहमन्त्रीमाथि नैतिक जिम्मेवारी लिनुपर्ने बताएका हुन्।

घटनामा प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन्। कर्फ्यू जारी रहेकै अवस्थामा आगजनी र तोडफोड भएपछि नेपाली सेना ब्यारेकबाट बाहिरिएको थियो।

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई लक्षित गर्दै संसद्मा भावुक अभिव्यक्ति दिएर मात्र नहुने भन्दै घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले जवाफदेहिता देखाउन राजीनामा दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij