चितवन : मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज (सोमबार) बिहान खसेको पहिरोका कारण केही समय सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान सडकमा खसेको पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडकमा सवारी आवागमन पुनः सञ्चालनमा आएको हो ।
वर्षायाममा पहिरो खस्ने जोखिम कायम रहेकाले यस सडकखण्डमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij