Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास

भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास

काठमाडौँ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माविको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब १ करोड ९० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत रहेको छ।

भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने यो कञ्चनपुर जिल्लाकै ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। शिलान्यास समारोहमा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख जोशी तथा अन्य स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

नयाँ पूर्वाधार निर्माणसँगै विद्यार्थी र शिक्षकहरूका लागि उपयुक्त सिकाइ वातावरण तयार हुने र यसले समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरे।

नजिकको छिमेकीका नाताले भारत र नेपालबीच विविध क्षेत्रमा गहिरो सहकार्य रहँदै आएको छ। यस्ता सामुदायिक विकास परियोजना कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्ने तथा नेपालको विकास र समृद्धिलाई अगाडि बढाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट