चितवन : रत्ननगरकी सफल महिला उद्यमी जानकी चौधरी नेपालका २० प्रेरणादायी व्यावसायिक महिला उद्यमीहरूको सूचीमा पर्न सफल भएकी छिन्।
आफ्नो नाम प्रेरणादायी महिला उद्यमीको सूचीमा समावेश भएको थाहा पाएपछि चौधरीले यो सम्मान मात्र नभई आफ्नो संघर्ष, निरन्तर मेहनत, आत्मविश्वास र सपनाप्रतिको समर्पणको कदर भएको बताएकी छिन्।
उनले आफ्नो व्यावसायिक यात्रामा साथ, विश्वास र प्रेरणा दिने परिवार, गुरु, साथी, सहकर्मी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेकी छन्।
चौधरीले यो उपलब्धि आफ्नो मात्र नभई ठूलो सपना देखेर त्यसलाई पूरा गर्न निरन्तर प्रयास गर्ने सम्पूर्ण नेपाली महिलाको सफलता भएको बताइन्। आगामी दिनमा महिला उद्यमशीलता, नेतृत्व विकास र समाज रूपान्तरणका क्षेत्रमा अझ सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij