Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रत्ननगर महोत्सवबाट १४ लाख ५४ हजार रुपैयाँभन्दा बढी बचत, आयव्यय सार्वजनिक

रत्ननगर महोत्सवबाट १४ लाख ५४ हजार रुपैयाँभन्दा बढी बचत, आयव्यय सार्वजनिक

रत्ननगर : रत्ननगर उद्योग वाणिज्य संघले १३औँ रत्ननगर महोत्सवको आयव्यय सार्वजनिक गरेको छ। संघले २०८२ साल पौष २५ गतेदेखि माघ ६ गतेसम्म चितवनको टिकौली चौरमा महोत्सव आयोजना गरेको थियो।

सार्वजनिक विवरणअनुसार महोत्सवबाट विभिन्न शीर्षकमा १ करोड ३० लाख ७० हजार १४५ रुपैयाँ आम्दानी भएको छ भने १ करोड १६ लाख १५ हजार ७३३ रुपैयाँ खर्च भएको छ। यससँगै महोत्सवबाट १४ लाख ५४ हजार ४११ रुपैयाँ बचत भएको संघले जनाएको छ।

संघका अध्यक्ष शंकर गिरीका अनुसार महोत्सवबाट भएको बचत रकम संघको सचिवालय व्यवस्थापन, उद्यमशीलता विकास तथा विभिन्न सामाजिक गतिविधिमा लगानी गरिनेछ।

रत्ननगर उद्योग वाणिज्य संघले व्यवसायीहरूको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। १३औँ संस्करणको महोत्सवमा व्यापार, कृषि, पर्यटन, उद्योग तथा मनोरञ्जनसँग सम्बन्धित विभिन्न स्टल र सांस्कृतिक कार्यक्रम समावेश गरिएका थिए।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट