Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पहिरोले पुरिएर दुई महिलाको मृत्यु

पहिरोले पुरिएर दुई महिलाको मृत्यु

रूपन्देही  :रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।

शनिबार दिउँसो गएको पहिरोमा परेर गाईबाख्रा चराउँदै रहेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवै जनाको शव पहिरोबाट निकालिएको हो।

घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)पंचकुमार बाखुले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट