Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै

चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै

चितवन  :  जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ । विगत तीन आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ पर्नेको सङ्ख्या बढ्दै गएको छ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्षमा ८७७ जना पक्राउ गरी जिल्ला अदातलमा पेस गरेको छ । पक्राउ परेकाबाट फैसला कार्यान्वयनका लागि १२२ वर्ष आठ महिना २० दिन कैद र रु छ करोड ७६ लाख ४७ हजार ६१९ जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ गरिएको थियो। उनीहरूबाट १२७ वर्ष छ महिना तीन दिन कैद र रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना रकम असुल गरिएको थियो। यस्तै आर्थिक वर्ष २०८०/८१ मा ४५३ जनालाई पक्राउ गरी अदालतमा बुझाइएकामा १९६ वर्ष नौ महिना नौ दिन कैद र रु दुई करोड १४ लाख ९३ हजार ८५७ जरिवाना असुल गरिएको थियो।

फैसला कार्यान्वयनका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले बताए। बाहिर बसेर मुद्दा लड्ने तर फैसला आएपछि लुकिछिपी बस्ने गरेका व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाउने गरिएको उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij