Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अन्तरक्रिया तथा मेहेन्दी कार्यक्रम : सामाजिक सेवाका क्षेत्रमा सञ्चारकर्मीको भूमिकाबारे छलफल

अन्तरक्रिया तथा मेहेन्दी कार्यक्रम : सामाजिक सेवाका क्षेत्रमा सञ्चारकर्मीको भूमिकाबारे छलफल

चितवन : सञ्चारिका समूह चितवन तथा इनर ह्विल क्लब अफ भरतपुर सिटीको संयुक्त आयोजनामा "सामाजिक कार्यमा पत्रकारको भूमिका" विषयक अन्तरक्रिया तथा मेहेन्दी कार्यक्रम भएको छ।

कार्यक्रममा पत्रकारहरूले सामाजिक उत्तरदायित्व, जनचेतना अभिवृद्धि, महिला सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा सञ्चारकर्मीको भूमिकाबारे छलफल गरेका थिए। कार्यक्रममा बोल्दै इनर ह्विल क्लब अफ भरतपुर सिटीकी संस्थापक अध्यक्ष तथा प्रमख अतिथि शोभा गौतमले सामाजिक सेवामूलक अभियानलाई जनसमुदायसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइन्। क्लबले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विभिन्न सामाजिक क्षेत्रमा सञ्चालन गरेका गतिविधिलाई सञ्चारमाध्यमले व्यापक रूपमा दर्शक तथा समुदायसम्म पुर्‍याएकै कारण ती अभियानले थप प्रभावकारिता पाएको उनको भनाइ थियो। आगामी दिनमा पनि सामाजिक कार्यमा सञ्चारकर्मी र सामाजिक संस्थाबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा बोल्दै इनर ह्विल क्लब अफ भरतपुर सिटीकी अध्यक्ष लक्ष्मी खड्काले सामाजिक सेवामूलक अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले पत्रकारिता समाचार सम्प्रेषणमा मात्र सीमित नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने सशक्त माध्यम भएको धारणा राखेका थिए। उनले सामाजिक संस्था र सञ्चारकर्मीबीचको सहकार्यले सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij