Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा एमाले–नेकपाबीच तीनबुँदे सहमति

प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा एमाले–नेकपाबीच तीनबुँदे सहमति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच प्रदेश सरकार गठन तथा सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले सहकार्य गर्ने सहमति भएको जनाइएको छ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्नेछ। मधेस र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

754915035_878146722034325_4549698388452249073_n.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट