Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पुलचोकमा टिपरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

पुलचोकमा टिपरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

चितवन : चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार साउन ८ गते दिउँसो करिब ३ः१० बजे गैँडाकोटबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले पैदलयात्री नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका–६ निवासी करिब ३५ वर्षीय मनोज पराजुलीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो। उपचारकै क्रममा साउन ९ गते चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न टिपर र चालक चितवनको भरतपुर महानगरपालिका–२९ निवासी ३२ वर्षीय सुमन चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij