नवलपुर : गैंडाकोट उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष अमृत भट्टचन सम्मानित हुनुभएको छ।
संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा इला होटल एन्ड रिसोर्टमा आयोजित विशेष समारोहबीच भट्टचनलाई सम्मान गरिएको हो।
स्थानीय उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रको प्रवर्द्धन, संघको स्थापना तथा संस्थागत सुदृढीकरणमा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको संघले जनाएको छ।
गैंडाकोटलाई व्यवसायिक केन्द्रका रूपमा विकास गर्न तथा स्थानीय व्यवसायीहरूको हकहित संरक्षणमा भट्टचनले सुरुवाती समयदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।
सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले भट्टचनको योगदानको प्रशंसा गर्दै उहाँको नेतृत्वले गैंडाकोटको व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij