Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काठमाडौंमा नक्कली आयुर्वेदिक औषधि उत्पादन गर्ने गिरोह पक्राउ, ५ जना नियन्त्रणमा

काठमाडौंमा नक्कली आयुर्वेदिक औषधि उत्पादन गर्ने गिरोह पक्राउ, ५ जना नियन्त्रणमा

काठमाडौं : काठमाडौंमा सक्कली ब्रान्डकै नाम, लेबल र प्याकेजिङ प्रयोग गरेर नक्कली आयुर्वेदिक औषधि तथा हर्बल उत्पादन तयार गरी बजारमा बिक्री–वितरण गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरी थप कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाएको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूले कुनै परीक्षण वा स्वीकृतिबिना सक्कली उत्पादनकै नाम र लेबल प्रयोग गरेर नक्कली आयुर्वेदिक औषधि उत्पादन गर्दै बजारमा बिक्री गर्दै आएका थिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा प्युठानका रामप्रसाद पोख्रेल, ताप्लेजुङका आइतमान ताम्लिङ लिम्बु र उज्ज्वल लिम्बु, ललितपुरका सन्दीप महर्जन तथा नुवाकोटका गोकर्ण अर्याल रहेका छन्।

अनुसन्धानका क्रममा उनीहरूले सिल्भर सिक्स वार्म थेरापी आयल, जाइफल मिक्स्ड आयल, एलोभेरा फेस सेरम, गोल्डेन ट्रिपल एक्स कमाण्डो पावर लगायतका उत्पादनहरू नक्कली रूपमा तयार गरी बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट सिल्भर सिक्स वार्म थेरापी आयल, जाइफल मिक्स आयल, पायल्स मुक्ति, हिमाल ग्यास्ट्रिक निर्मल चिया, मसला चिया, स्मार्ट तुल्सी हर्बल टुथपेस्ट, आदिवासी हर्बल हेयर आयल लगायतका ठूलो परिमाणका नक्कली उत्पादनसमेत बरामद गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट